एमाले नीलकण्ठ नगर कमिटिको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत

एमाले नीलकण्ठ नगर कमिटिको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत

काठमाडौं– नेकपा एमाले नीलकण्ठ नगर कमिटिको अध्यक्षमा काजी श्रेष्ठ चयन भएका छन् । आज सम्पन्न दोश्रो नगर अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा सर्वसम्मत भएका हुन् ।

Advertisement

सोमबारबाट सुरु भएको अधिवेशनले ५१ सदस्यीय कमिटिको उपाध्यक्षमा वेग बहादुर सुनार, सचिवमा राजाराम पाठक, उपसचिवमा सीता दुवाडी लम्साल र सुदिप अधिकारी निर्वाचित भएका छन् । त्यस्तै पाँच सदस्यीय लेखा समिति संयोजकमा सीता खनाल निर्वाचित भएकी छन् ।

विद्यार्थी जीवनमा अनेरास्ववियुको राजनीतिमा सकृय श्रेष्ठ युवा संघ धादिङको सचिव हुँदै एमालेको पार्टी राजनीतिमा सकृय युवा नेता हन् । जिल्ला सदरमुकाम रहेको नगर कमिटिमा निर्वाचित श्रेष्ठले आगामी दिनमा सिंगो जिल्लालाई नै सहयोग पुग्नेगरी हरेक वडा र गाउँ टोलसम्म नमूना काम गरेर देखाउने बताएका छन् ।

अध्यक्ष पदका लागि सर्वसम्मत निर्वाचित श्रेष्ठ र निवर्तमान उपाध्यक्ष दयाराम लम्साल र उपाध्यक्षमा हाल निर्वाचित सुनार र उद्धव प्रसाद रिजालको उम्मेदवारी परेको थियो । जिल्ला कमिटिको नेतृत्वले अध्यक्ष र उपाध्यक्ष दुबै पदमा सर्वसम्मत गराएको हो । सचिवमा पाठकको एकल उम्मेदवारी परेपनि उपसचिवमा महिलातर्फ दुई जना र खुल्ला तर्फ तीन जनाको उम्मेदवारी परेको थियो ।

आन्तरिक छलफलपछि उपसचिव महिलातर्फ सीता दुवाडी लम्साल र उपसचिव खुल्लातर्फ सुदिप अधिकारी सर्वसम्मत भएका हुन् ।

नीलकण्ठ नगर कमिटिको सम्पन्न दोश्रो अधिवेशनले नवौं जिल्ला अधिवेशनदेखि धादिङमा एमालेभित्र दुई धार देखियो भन्ने आशंका चिरेर जिल्ला सदरमुकाम रहेको नगरसहित समग्र जिल्लामा नेकपा एमाले एकढिक्का छ भन्ने सन्देश दिएको एमाले नेताहरुले प्रतिकृया दिएका छन् ।

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट