काठमाडौं– जनकपुरमा कुकुरको आक्रमणमा परी एक बालिकाको मृत्यु भएको छ ।
कुकुरको झुण्डले आक्रमण गर्दा शहिदनगर नगरपालिकाको यदुकोहा स्थायी घर भएका दिपक साहकी ६ वर्षीया छोरी सन्ध्याको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलबार साँझ पुलचोकस्थित डेरा नजिकै घारीमा आँप टिप्न जाँदा ३–४ वटा संख्यामा रहेका कुकुरले आक्रमण गर्दा सन्ध्याको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए ।
उनका अनुसार सन्ध्या दिदीबहिनीहरूसँगै खेल्दा खेल्दै घरबाट आँप टिप्न हिँडेकी थिइन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप