हुन्डाई गाडीको एसेम्बल अब नेपालमै हुने

  • २०८१ बैशाख २८, शुक्रबार (६ महिना अघि)
  • १६५ पटक पढिएको
हुन्डाई गाडीको एसेम्बल अब नेपालमै हुने

काठमाडौं – दक्षिण कोरियाली गाडी उत्पादक कम्पनी हुन्डाईले नेपालमा एसेम्बल प्लान्ट स्थापना गरेको छ ।

Advertisement

नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी मोटर कर्पोरेशनसँगको सहकार्यमा कम्पनीले नवलपरासीमा प्लान्ट स्थापना गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज रामग्राम परासीमा रहेको प्लान्टको उद्घाटन गरेका छन् ।

दक्षिण कोरिया र नेपालबीच कुटनीतिक सम्बन्ध स्थापनाको ५० औं वर्षको अवसर पारेर प्लान्ट उद्घाटन गरिएको हो । कार्यक्रममा प्रधानमन्त्रीले नेपालमा औद्योगिक वातावरणका लागि स्वदेशी तथा विदेशी लगानीकर्तालाई थप आकर्षित गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठले परीक्षण उत्पादन सफल भएपछि व्यावसायिक उत्पादनको सुरुवात गर्न लागिएको जानकारी दिए । श्रेष्ठकाअनुसार प्लान्टको वार्षिक गाडी उत्पादन क्षमता पाँच हजार चार सय थान छ । हुन्डाई गाडी उत्पादन नेपालमै हुने भए पनि कोरियाली कम्पनीको लगानी प्लान्टमा नरहेको उनको भनाइ छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट