कठमाडौं– नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बैठक सुरु हुने केन्द्रीय प्रचार विभागले जानकारी दिएको छ ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारको काम कारबाही र पार्टीको आगामी कार्यदिशाबारे छलफल हुने बताइएको छ ।
एकीकृत समाजवादीले असार १० देखि १६ गतेसम्म काठमाडौंमा महाधिवेशनको तयारी गरेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप