काठमाडौं– प्रथम ज्ञान खाद्यान्न कर्णाली हाफ म्याराथनको उपाधि नेपाली सेनाका नरेन्द्रसिंह रावत र एपीएफ क्लबका पुष्पा भण्डारीले जितेका छन् ।
शनिबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर(सुर्खेत)मा आयोजित कर्णाली हाफ म्याराथनमा नरेन्द्रले एक घण्टा ११ मिनेट २५ सेकेन्डमा निर्धारित २१.०९५ किलोमिटर दुरी पार गरी उपाधि जितेका हुन् ।
त्यसैगरी एपीएफकी पुष्पाले १ घण्टा २८ मिनेट १७ सेकेन्डमा दुरी पुरा गरी प्रथम भएकी हुन् । पुरुषतर्फ नेपाली सेनाका रामजी बस्नेत एक घण्टा ११ मिनेट ४८ सेकेन्ड, सेनाकै श्रीकस राईले १ घण्टा १३ मिनेट २३ सेकेन्डमा दुरी पुरा गरी दोस्रो र तेस्रो भए ।
त्यस्तै महिलातर्फ नेपाली सेनाकी सिर्जना पाण्डे १ घण्टा ३२ मिनेट ४३ सेकेन्ड तथा जुम्लाकी राज्य रावलले १ घण्टा ३६ मिनेट ४० सेकेन्डमा निर्धारित दुरी पुरा गरी दोस्रो र तेस्रो भए ।
शीर्ष तीन खेलाडीलाई क्रमशः जनही ५५ हजार, ३० हजार र २० हजार नगद, पदक र प्रमाणपत्रले पुरस्कृत भएका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप