काठमाडौं– वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् ।
वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा ओडले बिहीबार आत्मसर्मपण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले जानकारी दिए । ओडलाई नियन्त्रणमा राखेर जिल्ला अदालतबाट ५ दिनको म्यादन थप गरेर अनुसन्धान भइरहेको उनले बताए ।
नेपाल आइडल सिजन २ का विजेता ओडविरुद्ध उनकी श्रीमतीले गत २० चैतमा वैवाहिक बलात्कारको आरोप लगाउँदै उजुरी दिएकी थिइन् ।
प्रहरीले सोही दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी जारी गरेको थियो । उनी सांगीतिक कार्यक्रममा देश बाहिर भएका कारण प्रकाउ परेका थिएनन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप