काठमाडौं– ललितपुरको बाफलमा मोबिल खन्याउँदा लाइटर बालेपछि भएको आगलागीमा परी घाइते भएका थप एक जनाको मृत्यु भएको छ ।
वैशाख २३ गते ललितपुर महानगरपालिका– १७ बाफलस्थित टिनले छाएको एउटा घरमा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते भएका थिए ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीका अनुसार घाइते भएकी रूपा गिरीको सोमबार बिहान किष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । योसँगै मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
रूपाका श्रीमान ३५ वर्षीय सञ्जयको पनि किष्ट अस्पतालमै उपचार भइरहेको छ । उनी पनि भेन्टिलेटरमा रहेको र अवस्था गम्भीर रहेको एसपी सुवेदीले बताए ।
उनका दुई जना छोरीहरू ८ वर्षीया अलिसा र ४ वर्षीया प्रियाको उपचारकै क्रममा वैशाख २४ गते मृत्यु भएको थियो । भतिज नाता पर्ने नित गिरी भने सामान्य घाइते छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप