कांग्रेसले सरकारको नीति तथा कार्यक्रम पेस गर्न दिने

  • २०८१ जेष्ठ १, मंगलबार (६ महिना अघि)
  • २१० पटक पढिएको
कांग्रेसले सरकारको नीति तथा कार्यक्रम पेस गर्न दिने

काठमाडौं– नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम पेस गर्न दिने भएको छ । आज सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले राष्ट्रपति रामचन्द्र पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने र त्यसपछि आफ्नो माग पूरा नभएसम्म अवरोध कायमै राख्ने निष्कर्ष निकालेको छ ।

Advertisement

बैठकअघि बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेताहरुबीच बालुवाटारमा छलफल भएको थियो । अवरुद्ध संसद खुलाउने विषयमा छलफल केन्द्रित थियो ।

छलफलमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रस्तुत गर्ने सरकारको नीति तथा कार्यक्रमका लागि सहज वातावरण बनाइदिन सहयोगका लागि आग्रह गरेको नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिए । कांग्रेसले लामो समयदेखि सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै आएको छ ।

त्यस्तै कांग्रेसले संसद्मा गिरीबन्धु टी स्टेटको जग्गासम्बन्धी विषय पनि उठाउने भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट