फेसबुकमार्फत ४७ लाख ठगेको आरोपमा युवती पक्राउ

  • २०८१ जेष्ठ १, मंगलबार (६ महिना अघि)
  • १९१ पटक पढिएको
फेसबुकमार्फत ४७ लाख ठगेको आरोपमा युवती पक्राउ

काठमाडौं– सामाजिक सञ्जाल ‘फेसबुक’ लाई माध्यम बनाएर ठगेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका–८ घर भएर कुलेश्वर बस्ने सुनिता गुरुङ छिन् ।

Advertisement

२८ वर्षीया गुरुङले ४७ लाख ६८ हजार ठगी गरेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।

फेसबुकमा ‘फ्लावर सप नगया’ नामको आइडी बनाएर म्यासेन्जरमार्फत जापानमा चप्पल कारखाना, माछा प्याकिङ र कलम फयाक्ट्रीमा रोजगारीका लागी पठाउँछु भनेर उनले रकम असुलेकी हुन् ।

पीडितहरूसँग रकम असुलेपछि उनी सम्पर्कविहीन भएकी थिइन् । उनलाई कुलेश्वर हाइटबाट पक्राउ गरिएको एसपी रेग्मीले जानकारी दिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट