सल्यानमा १३ दिने सुत्केरी श्रीमतीको हत्यापछि श्रीमानद्वारा आत्महत्या

  • २०८१ जेष्ठ १, मंगलबार (६ महिना अघि)
  • २०७ पटक पढिएको
सल्यानमा १३ दिने सुत्केरी श्रीमतीको हत्यापछि श्रीमानद्वारा आत्महत्या

काठमाडौं– सल्यानमा दम्पती नै मृत भेटिएका छन् । नेपाल प्रहरीका अनुसार शिद्धकुमाख गाउँपालिका–४ सागिनेका ३२ वर्षीय केशव रानाले धारिलो हतियार प्रहार गरी २७ वर्षीया श्रीमती केवली रानाको हत्या गरेर आफूले आत्महत्या गरेका हुन् ।

Advertisement

केवली मात्र १३ दिनको सुत्केरी थिइन् । श्रीमतीको धारिलो हतियारले घाँटी रेटेर हत्या गरी श्रीमान् पनि घरनजिकै रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए ।

उनका अनुसार घटना मंगलबार बिहान करिब ४ बजेको समयमा भएको हो । राना दम्पतीका १३ दिनको नवजात शिशु छोरीसहित ४ छोराछोरी रहेका छन् ।

केशवको मानसिक अवस्था ठिक नभएको र मापसे धेरै गर्ने गरेको कुरा स्थानीयबाट जानकारीमा आएको कार्कीले बताए ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट