काठमाडौं– सरकारले पर्यटकीय गन्तव्यको प्रोफाइल बनाउने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष (आव) को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । उनले मुलुकलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने समेत बताए ।
यस वर्ष गन्तव्य पहिचान, प्रवद्र्धन र विकास गर्ने बताए । पर्यटन पूर्वाधार निर्माण तीव्रता दिने समेत उनले बताए । हलिउड तथा बलिउड चलचित्र निर्मातालाई नेपालमा छायांकन गर्न आकर्षण गर्ने उनले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप