एजेन्सी– भारतको पश्चिम बङ्गालको माल्दामा चट्याङ लागेर ११ जनाको ज्यान गएको छ । अरु धेरै मानिस घाइते भएका छन् । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ ।
हिजो चट्याङ लागेर ज्यान गुमाउने ११ जनामध्ये तीन नाबालक, दुई जना युवा र अरु ज्येष्ठ नागरिक रहेका बीबीसीले जनाएको छ ।
पीडित परिवारलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिइने खबरमा उल्लेख छ । जिल्ला प्रशासनले पनि घाइतेको उपचार र ज्यान गुमाएकाको परिवारलाई निरन्तर सहयोग गरिरहेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप