काठमाडौं– भक्तपुरमा शौचालय जाने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङको ऐसेलुखर्क गाउँपालिका–५ कि ४६ वर्षकी जमुना भट्टराई रहेकी छन् ।
सूर्यविनायक नगरपालिका–५ कटुन्जेमा गए राति साढे ३ बजे शौचालय जाने क्रममा जमुना घरको पहिलो तलाबाट लडेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रवक्ता राजन कार्कीका अनुसार लडेर गम्भीर घाइते भएकी जमुनाको काठमाडौं मेडिकल कलेज दुवाकोटमा उपचारका क्रममा आज बिहान साढे ५ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप