‘द पोएट आइडल’ को उत्कृष्ट ४ मा डाक्टर कवि मुस्कान पोखरेल, यसरी गर्न सकिन्छ भोट

  • २०८१ जेष्ठ ६, आईतबार (४ महिना अघि)
  • ६४८ पटक पढिएको
‘द पोएट आइडल’ को उत्कृष्ट ४ मा डाक्टर कवि मुस्कान पोखरेल, यसरी गर्न सकिन्छ भोट

काठमाडौं– मेडिकल डाक्टर मुस्कान पोखरेल ‘द पोएट आइडल’को अन्तिम चरणमा पुगेकी छिन् ।

Advertisement

अब उनी जितको पर्खाइमा छिन् । उनको परिचय यतिबेला कविको रुपमा पनि दर्ज भएको छ । अन्तिम चारमा पुगेकी उनको अबको जितको निर्धारण भने भोटिङले गर्ने छ ।

धादिङ स्थायी घर भएकी मुस्कानको उत्कृष्ट सिर्जनाले गर्दा अहिले उनलाई जिताउन देशबिदेशबाट लागिपरेका छन् ।

तीन महिनामा ३० शृङ्खलासम्म प्रसारण भएको आइडलको आगामी जेठ १२ गते शनिबार नजिता सार्वजनिक हुँदैछ । मुस्कानसँगै विजय लुइँटेल (इलाम), सिमियोङ सुकिता राई (सिक्किम) र मोहित जोशी (कैलाली) रहेका छन् ।

मुस्कानले आफुलाई अत्याधिक भोट हालेर बिजय गराउन समस्त स्वदेश तथा बिदेशमा रहेका नेपालीहरुलाई आग्रह गरेकी छन् ।

मुस्कान पोखरेललाई भोट गर्न आफ्नो मोबाईलमा ओएसआर कनेक्ट  एप डाउनलोड गरी द पोएट आईडल थिचेर त्यसमा मुस्कान पोखरेलको फोटोमा क्लिक गरेर भोट गर्न सकिन्छ । विदेशबाट खल्ती र इ–सेवाबाट पनि भोट गर्न सकिन्छ ।

विजेताले नगद १० लाख रुपैयाँ र कविता कृति प्रकाशनको सम्झौता प्राप्त गर्ने छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट