प्रेमिकालाई आँखा झिम्क्याएको निहुँमा ट्राफिक जवानको हत्या, घटनामा संलग्न ७ जना पक्राउ

  • २०८१ जेष्ठ ६, आईतबार (६ महिना अघि)
  • १९४ पटक पढिएको
प्रेमिकालाई आँखा झिम्क्याएको निहुँमा ट्राफिक जवानको हत्या, घटनामा संलग्न ७ जना पक्राउ

काठमाडौं– ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

Advertisement

जिल्ला प्रहरी परिसर काठमाडौंले आज पत्रकार सम्मेलनमार्फत प्रहरी जवान घिमिरेको हत्या आरोपमा एक नाबालकसहित सात जनालाई सार्वजनिक गरेको हो ।

घटनामा संलग्न रहेको अभियोगमा भक्तपुरको चाँगुनारायण नगरपालिका–१ घर भई हाल मनमैजु बालाजु, जरंखुलगायत स्थानहरूका सडकपेटीमा बस्ने २१ वर्षीय आइते भन्ने सचिन परियार, नुवाकोट दुप्चेश्वर गाउँपालिकाकी १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जाको आँधीखोला गाउँपालिका–३ की २१ वर्षीया विपना, वसन्ती भनिने बसुन्धरा कार्की, आधीँखोलाकै ५६ वर्षीया नुनमाया कार्की, नुवाकोटको तानी गाउँपालिका–४ ओखरेकी २१ वर्षीया बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१ का ३० वर्षीय दोर्जे भनिने अमृत तामाङ र एक १३ वर्षीय बालकलाई पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक बसन्त रजौरेले बताए। उनका अनुसार अभियुक्तहरू अष्ट नारायण हलपछाडि, २२ धारा जङगलबाट भाग्न लागेको अवस्थामा प्रहरीले एक राउन्ड हवाई फायर गरी पक्राउ गरिएको हो । पक्राउ परेका व्यक्तिहरू सबै लागुऔषध सेवनकर्ता रहेको प्रहरीले जनाएको छ ।
खोटाङको मजुवागढी गाउँपालिका–१ घर भई हाल ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत मृतक प्रहरी जवान घिमिरेको शव शुक्रबार काठमाडौंको तार्केश्वर–९ मनमैजुमा फेला परेको थियो । स्थानीय जोनस खत्रीको निर्माणाधीन घरको भुई तलामा म्याटले छोपेको अवस्थामा शव फेल परेको प्रहरीले जनाएको छ ।

मृतक घिमिरे र सचिन परियारको पहिले नै चिनजान भएको खुलेको प्रहरीले जनाएको छ । जवान घिमिरे ड्युटी सकेर खाजा खान तार्केश्वर–११ को एक होटलमा पसेका थिए । अन्जली श्रेष्ठ र सचिन परियार पनि सोही होटलमा खाजा खान पुगेपछि तीनैजना एउटै टेवलमा बसेर खाजा खाएको खुलेको छ ।

सचिन र अन्जली लिभिङ टुगेदरमा रहेको खुलेको छ । घिमिरेले अन्जलीलाई आँखा झिम्काएपछि बदलामा हत्या गरेको सचिनले बताएका छन् । अन्जली बिरामी भएको भन्दै सचिनले माथि लगिदिन आग्रह गरेका थिए । माथि पुगेपछि समूहका सबै मिलेर अन्धाधुन्द इटा, रड, बेल्ट र ढुंगा प्रहार गरेर घिमिरेको हत्या गरेको खुलेको छ ।

उनीहरूले युवराज घिमिरेको साथमा भएको २ हजार रुपैयाँ पनि लुटेको खुलेको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट