सेयर बजारमा हरियाली, ५ अर्ब बढीको कारोबार

  • २०८१ जेष्ठ ६, आईतबार (६ महिना अघि)
  • १९८ पटक पढिएको
सेयर बजारमा हरियाली, ५ अर्ब बढीको कारोबार

काठमाडौं– आज सेयर बजार उच्च अङ्कले बढेको छ । सेयर बजार परिसूचक नेप्से आज ४५ दशमलव ६९ अङ्कले बढेर दुई हजार ६४ दशमलव ४५ विन्दुमा पुगेको छ ।

Advertisement

आज सबै समूहको सेयर बढेकोमा बीमा, बैंकिङ, उत्पादन समूहको सेयर उच्च अङ्कले उकालो लागेको छ । आज आत्मनिर्भर लघुवित्त, सबैको लघुवित्त, सामुदायिक लघुवित्त रेरुडे मिर्मिरे लघुवित्त कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन मान्डु हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले घटेको छ ।

आज कारोबार रकम पनि बढेको छ । आज एक करोड २२ लाख कित्ता सेयर पाँच अर्ब २५ करोड रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै सीईडीबी हाइड्रोपावर कम्पनीको १४ करोड ८० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट