इरानका राष्ट्रपति चढेको हेलिकप्टर दुर्घटना भएको ठाउँ पत्ता लगाए उद्धारकर्ताहरूले

  • २०८१ जेष्ठ ७, सोमबार (६ महिना अघि)
  • १४० पटक पढिएको
इरानका राष्ट्रपति चढेको हेलिकप्टर दुर्घटना भएको ठाउँ पत्ता लगाए उद्धारकर्ताहरूले

एजेन्सी– उद्धारकर्ताहरूले इरानका राष्ट्रपति इब्राहिम रैसी चढेको हेलिकप्टर दुर्घटना भएको ठाउँ पत्ता लगाएका छन् ।

Advertisement

इरानका राष्ट्रपति इब्राहिम रैसी, विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान लगायत नौ जना बोकेको हेलिकप्टरको दुर्घटनास्थल पत्ता लागेको इरानी सरकारी समाचार एजेन्सीले बताएको सीएनएनले जनाएको छ ।

टर्कीले राष्ट्रपति रैसीको हेलिकप्टर दुर्घटनाको खोजी कार्यमा मद्दत गर्न पठाएको ड्रोनले एउटा विकट गाउँ नजिकको पहाडमा हेलिकप्टर ठोक्किएर दाग बसेको ठाउँ पत्ता लगाएको खबरमा उल्लेख छ । तर सही ठाउँको सूचना भने सार्वजनिक गरिएको छैन ।

खराब मौसमका कारण हिजो हेलिकप्टर दुर्घटना भएको आँकलन गरिएको छ । बाक्लो कुहिरो र अत्याधिक चिसो मौसमका कारण दुर्घटना भएको स्थान पत्ता लगाउन उद्धारकर्मीलाई समस्या भइरहेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट