गृहमन्त्रीमाथि संसदीय छानबिनको माग गर्दै कांग्रेसले प्रदर्शन गर्ने

  • २०८१ जेष्ठ ९, बुधबार (६ महिना अघि)
  • १९२ पटक पढिएको
गृहमन्त्रीमाथि संसदीय छानबिनको माग गर्दै कांग्रेसले प्रदर्शन गर्ने

काठमाडौं– सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै नेपाली कांग्रेसले प्रदर्शन गर्ने भएको छ ।

Advertisement

आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले काठमाडौंमा जेठ ११ गते प्रदर्शन गर्ने तयारी गरेको केन्द्रीय सदस्य डिला संग्रौलाले बताइन् । त्यसपछि उपत्यका बाहिर पनि प्रदर्शन गर्ने बैठकमा समझदारी भएको उनले जानकारी दिइन् ।

गृहमन्त्रीमाथि संसदीय छानबिन, गृहमन्त्रीले संसदमा कांग्रेस नेताहरुमाथि लगाएको आरोपको विरोध र सहकारी पीडितको रकम फिर्ताको विषयलाई लिएर प्रदर्शन गर्ने कांग्रेसको तयारी छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट