ग्वार्कोमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

  • २०८१ जेष्ठ १०, बिहिबार (११ महिना अघि)
  • ३४० पटक पढिएको
ग्वार्कोमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं– ललितपुरको ग्वार्कोमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

Advertisement

बुधबार राति ९ः५० बजे ललितपुर महानगरपालिका–१७ ग्वार्कोमा प्रदेश ०२–०१–००२ प ९१७५ नम्बरको मोटरसाइकललाई गाडीले ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकलमा सवार सिरहा घर भई काठमाडौंको कोटेश्वर बस्दै आएका ३२ वर्षीय जयनाथ यादव गम्भीर घाइते भएका थिए ।

उनलाई तत्काल उद्धार गरी बिएन्डबी अस्पताल लगिएकोमा उपचारका क्रममा राति ११ बजे मृत्यु भएको ललितपुर प्रहरी परिसरका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

उनका अनुसार ठक्कर दिने गाडीबारे खुलिसकेको छैन । ठक्कर दिने गाडीको खोजी भइरहेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट