प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाविचको भेट वार्ता निष्कर्षविहिन

  • नेपाल पथ
  • २०८१ जेष्ठ १३, आईतबार (५ महिना अघि)
  • १५५ पटक पढिएको
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाविचको भेट वार्ता निष्कर्षविहिन

|CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच देउवा निवास बुढानीलकण्ठमा भेटवार्ता भएको छ । प्रचण्ड र देउवा विच भएको भेटमा संसदको जारी गतिरोध अन्त्य गर्ने विषयमा दुई छलफल गरिएको बताएको छ ।
सहकारी छानविनको विषयमा छलफल गरिएपनि वार्ता निस्कर्षमा पुग्न नसकेको जनाएको छ । छलफलमा प्रधानमन्त्री प्रचण्डले गोर्खा मिडिया नेटवर्कको अध्ययन गर्ने भइसकेपछि गृहमन्त्री लामिछानेको नाम नलेख्दा पनि हुँदैन भनेर सभापति देउवासँग प्रस्ताव गर्नु भएको र जवाफमा सभापति देउवाले आफूहरु त्यसमा तयार नरहेको बताएको नेपाली कांग्रेसका एक नेताले बताए ।
छलफलमा प्रधानमन्त्री प्रचण्डले सहकारी प्रकरणमा छानवीन समिति बनाउने विषयमा आफु अत्यन्तै गम्भीर रहेको बताएका थिए । आज विहान नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका तीन शीर्ष नेतावीच बालुवाटारमा भेट्ने कार्यक्रम तय भएको थियो । तर स्वास्थ्य अवस्थाको कारण देखाउँदै काँग्रेस सभापति देउवाले असमर्थता व्यक्त गरे पछि उनको आग्रहमा प्रचण्ड बुढानिलकण्ठ पुगेपनि एमाले अध्यक्ष ओली भने छलफलमा सहभागी भएनन् ।
नेपाली काँग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि समेत छानवीन हुने गरि संसदीय समिति बनाउनु पर्ने माग राख्दै आएको छ । तर सत्ता पक्ष गृहमन्त्रीको नाम राख्न नुहुने अडानमा रहेका छन् ।

Advertisement

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट