काठमाडौं- प्रतिनिधिसभाको बैठक जेठ १५ गते मंगलबारसम्मलाई स्थगित भएको छ ।
सो दिन १ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्रीले वार्षिक बजेट पेस गर्नेछन् । संयुक्त बैठकमा बजेट पेस भएपछि सोही दिन ४ बजेलाई सभामुखले प्रतिनिधिसभाको बैठक बोलाएका हुन् ।
आजको बैठकमा कांग्रेसको नाराबाजीबीच नै सरकारको नीति तथा कार्यक्रम पारित भएको छ ।
प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८०८१ को आर्थिक सर्वेक्षण पेस गरेका हुन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध र नाराबाजीबिच सभामुख देवराज घिमिरे अनुमति दिएपछि उनले सो सर्वेक्षण पेस गरेका हुन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप