सडक विस्तारका क्रममा पहिरोले पुरिएर एक्स्काभेटर चालकको मृत्यु

  • २०८१ जेष्ठ १३, आईतबार (३ महिना अघि)
  • १०७ पटक पढिएको
सडक विस्तारका क्रममा पहिरोले पुरिएर एक्स्काभेटर चालकको मृत्यु

|CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

काठमाडौं- नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीननम्बर पुलमा ढुंगा खस्दा एक्स्काभेटर चालकको मृत्यु भएको छ । सडक विस्तारका क्रममा ढुंगा खस्दा एक्स्काभेटर चालकको मृत्यु भएको हो ।

Advertisement

सडक विस्तारका लागि भित्तो काट्ने काम गरिरहेका बेला माथिबाट पहिरो खस्दा बा२क ८६५१ नम्बरको एक्स्काभेटर चालक बर्दिया गेरुवा गाउँपालिका–४ स्थायी घर भएका अन्दाजी ३८ वर्षीय मङ्गल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिए ।

पुल निर्माण गर्न भित्तो काट्ने क्रममा माथिबाट पहिरो खस्दा एक्स्काभेटरसहित चौधरी पुरिएका थिए । चालकको उद्धार गरी उपचारका लागि पुरानो मेडिकल कलेज लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परी स्काभेटर पूर्णरुपमा क्षति भएको छ । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना६ख १५११ नं ट्रकमा समेत क्षति पुगेको छ । सवारी आवागमनमा समस्या नरहेको प्रहरीले जानकारी दिएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट