तीन बस र एक ट्रक एक आपसमा ठोक्किदा एकको मृत्यु २२ जना घाइते

  • नेपाल पथ
  • २०८१ जेष्ठ १४, सोमबार (३ महिना अघि)
  • १२१ पटक पढिएको
तीन बस र एक ट्रक एक आपसमा ठोक्किदा एकको मृत्यु २२ जना घाइते

काठमाडौं- चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा चार सवारी साधन एक आपसमा ठोक्किदा एक जनाको ज्यान गएको छ । उक्त दुर्घटनामा परि २२ जना घाइते भएका छन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गए राति साढे १२ बजे काठमाडौँबाट प्युठानतर्फ जाँदै गरेको बा४ख ९०८६ नम्बरको बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना३ख ७९१५ नम्बरको ट्रक, काठमाडौँबाट महोत्तरीतर्फ जादै गरेको ना७ख ३२४८ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ आउदै गरेको ना६ख ८९६८ नम्बरको बस एक आपसमा ठोक्किएका थिए । दुर्घटनामा परि करिव १७ वर्षीय किशोरको मृत्यु भएको छ । सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापश्चात् राति सडक अवरुद्ध भएपनि बिहानदेखि सवारी साधन दुईतर्फी सञ्चालनमा रहेको छ । घाइतेमध्ये १८ जनाको इच्छाकामना आधारभूत अस्पताल कुरिन्टारमा र चार जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट