काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को गतिरोध अन्त्य गरी सहज रूपमा बजेट प्रस्तुत गर्ने वातावरण बनाउन शीर्ष दल र कार्यदलको बैठक बालुवाटारमा आयोजना गरेका छन् । प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरूसँग छलफल सुरु गरेका हुन् ।
छलफलमा कार्यदल संयोजकसमेत रहेका कानुन मन्त्री पदम गिरी र एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली काङ्ग्रेसबाट पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, जीवन परियार लगायत सहभागी रहेका छन् ।
बैठकमा नेकपा माओवादीबाट वर्षमान पुन र हितराज पाण्डे सहभागी छन् भने रास्वपाबाट उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने, स्वर्णिम वाग्ले ,सन्तोष परियार लगायतका नेताहरु सहभागी रहेका छन् ।
भोली (जेठ १५ गते) सङ्घीय संसद मार्फत् आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गर्नुपर्ने भएकाले प्रधानमन्त्री प्रचण्डले सहमतिको प्रयास जारी राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप