पृथ्वी राजमार्गमा सवारीको उच्च चाप

पृथ्वी राजमार्गमा सवारीको उच्च चाप

काठमाडौं– पृथ्वी राजमार्गमा सवारी साधनको चाप रहेको छ ।

Advertisement

गएराति १ वजे वर्षाका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग आज विहान करिव ९ वजे खुलेको थियो । हिजो देखि राजमार्ग अवरुद्ध बनेको कारण र सडक मर्मत भइ रहेकोले सवारीको उच्च चाप भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले बताए ।

धादिङको घाटबेशी आसपासका क्षेत्रमा सवारीको उच्च चापका कारण जाम जस्तो देखिएपनि विस्तारै दुवै तर्फ सवारी आवागमन भइ रहेको उनले बताए ।

गल्छी गाउँपालिका वडा नम्बर ६ बैरेनी पुल नजिकै लेदो माटो जम्मा भएपछि सवारी साधनको जाम भएको थियो । महेशदोभान नजिकै बाटो विस्तार गर्ने क्रममा माटो भर्ने पुलको दुवैतर्फ निर्माणकार्य जारी छ । अवरोध बन्दै आएको राजमार्ग निर्माण व्यवसायी, स्थानीय, प्रहरी लगायतको टोलीले पन्छाउदै आएको छ । अहिले सडक अवरुद्ध नभए पनि उच्च चापका कारण अन्य समयमा जस्तो राजमार्गको यात्रा सहज बन्न नसकेको प्रहरी नायव उपरीक्षक मिश्रले बताए ।

 

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट