काठमाडौं– धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा सुन्तला जात फलफूल खेती सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ । फलफुल खेतीबाट आयआर्जन बढाई महिला दिदिबहिनीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।
AEIN Luxembourg को आर्थिक सहयोगमा नेत्रावती डवजोङ गाउँपालिका वडा नम्बर ५ को सहकार्य र ग्रामीण मुखी युवा अभियान (रोयम) नेपालको आयोजनामा नेत्रावती डबजोङ गाउँपालिकाको वडा नम्बर ५ रिपगाउँका स्थानीयलाई सुन्तला जात फलफूल सम्बन्धि तालिम प्रदान गरिएको रोयम नेपालका विजय तामाङले जानकारी दिए ।
तीन दिनसम्म सञ्चालन भएको तालिममा रिपगाउँका २५ जना महिला दिदिबहिनीहरुहरुको सहभागिता रहेको थियो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप