जनताको हित र देश विकास गर्नेसँग मात्र पार्टी एकता संभव छ: वरिष्ठ उपाध्यक्ष पोखरेल

जनताको हित र देश विकास गर्नेसँग मात्र पार्टी एकता संभव छ: वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले जनताको हित र देश विकासमा एकढिक्का भएर लाग्ने एमाले पार्टीसँग जनताको हितमा काम गर्नेसङ्ग मात्र एकता हुने बताएका छन् ।

Advertisement

नेपाल कम्युनिष्ट पार्टी एमाले थाक्रे गाउँपालिकाको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै पोखरेलले एमाले जनताको काम र देश विकासको अभियानमा रहेकाले देशमा काम गर्ने राजनितिक दलहरुसँग मात्र पार्टी एकताको पक्षमा रहेको बताएका हुन् । अहिले सरकारमा सहभागी रहेका कम्युनिस्ट पार्टीहरु वीच यहि आधारमा एकता सम्भव नरहेको उनको भनाई छ ।

अधिवेशनमा विगत, बर्तमान र आगामी दिनको कार्य योजनाका बारेमा लेखाजोखा गर्नु आवश्यक रहेको उनले बताए । आगामी दिनमा पार्टीलाई कसरी अगाडि बढाउने भन्ने धारण समेत अधिवेशनमा कार्ययोजना बनाएर लैजानु पर्ने उपाध्यक्ष पोखरेलले जोड दिए ।

कार्यक्रममा नेकपा एमाले धादिङ जिल्ला इन्चार्ज धर्मदत देवकोटा,जिल्ला अध्यक्ष भूमि त्रिपाठी,केन्द्रिय सदस्य जानुका सिम्खडा,जगन्नाथ नेपाल,वागमती प्रदेश कमिटी सचिवालय सदस्य रमेश आचार्य, रामकुमार आचार्य , कृष्ण प्रसाद पन्त, अम्बिका रुपाखेती, जिल्ला सचिव राधिका सापकोटा, सहसचिव उर्मिला रुपाखेती, थाक्रे इन्चार्ज केदार पाठक लगायतले अधिवेशनको शुभकामनासँगै पार्टीलाई कसरी सुदृढ र परिष्कृत बनाउने भन्ने विषयमा धारणा राखेका थिए ।

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट