बालमैत्री स्थानीय शासन समितिको अभिमुखिकरण तथा वडास्तरीय समिति गठन

बालमैत्री स्थानीय शासन समितिको अभिमुखिकरण तथा वडास्तरीय समिति गठन

धादिङ– धादिङको नीलकण्ठ नगरपालिका–१२ दामगाडेमा वडा सदस्यहरु, विद्यालयका प्रधानाध्यापकहरु, विद्यालय व्यवस्थापन समितका अध्यक्षहरु, स्वास्थ्य संस्था प्रमुख, सहकारीका प्रतिनिधिहरु, महिला समुह, बालक्लब संञ्जालका प्रतिनिधिहरु तथा अन्य सरोकारवालाहरुलाई बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमूखिकरण गरिएको छ । बालमैत्री स्थानीय शासनको अवधारणा कार्यान्वयन रणनीति सम्बन्धि ज्ञान ,सीप तथा क्षमता अभिवृद्धिको मार्फत घर परिवार, टोल बस्ती, वडा हुँदै पालिकालाई नै बालमैत्री बनाउन अभियानलाई सार्थकता दिने उद्धेश्य पुरा गर्न वडा तहका सम्बन्धित सरोकारवालाहरुको लागि अभिमुखिकरण गरिएको हो ।

Advertisement

अभिमुखिकरण कार्यक्रममा बालमैत्री स्थानीय शासन अवधारणा, बालमैत्री नगरपालिकाको लागि बालबालिका सम्बन्धि कार्यान्वयन निर्देशिका २०७८ अनुसारको कार्यान्वयनका तहगत खुड्किलाहरु, बालमैत्री स्थानीय शासनको ५१ वटा सुचकहरु, विद्यालय तथा समुदाय तहमा बाल समूह गठन, पुर्नगठन तथा समुदाय परिचालन, बालबालिकामा लगानी योजना लगायत विषयमा बाल अधिकार अभियान्ता तथा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजिकरण गरेका छन् । कार्यक्रममा ६१ जनाको सहभागीता रहेको थियो । अभिमुखिकरण कार्यक्रममा सहभागीहरुले बालमैत्री स्थानीय शासन कार्यान्वयनमा सहकार्य गर्ने सामुदायिक प्रतिवद्धता गरेका छन् ।

अभिमुखिकरण कार्यक्रमकै अवसरमा बालमैत्री स्थानीय शासन निर्देशिका २०७८ बमोजिम नीलकण्ठ नगरपालिका १२ का वडा अध्यक्ष धर्मराज भण्डारीको अध्यक्षतामा १५ सदस्यीय बालमैत्री स्थानीय शासन समिति गठन गरिएको छ ।

कार्यक्रममो सम्बोधन गर्दै नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासिकय अधिकृत पुरुषोत्तम सुवेदीले बालबालिकाहरुको सर्वाङ्गिण विकासमा निलकण्ठ नगरपालिकाले जिम्मेवारीपूर्वक कार्य गर्दै आएको बताएका छन् । नगरपालिकाका वडालाई बालमैत्री स्थानीय शासन अबलम्बनका न्युनतम सुचकहरु पुरा गर्न सबै सरोकारवाला एकताबद्ध भएर घर, घर, टोल टोलमा बालमैत्री व्यवहार अबलम्बन गरि बालबालिकाहरुको बाल अधिकार र शैक्षिक उपलब्धि र संस्कारयुक्त शिक्षा केन्र्दित अभियानमा लागि परेको बताए ।

बालमैत्री स्थानीय शासन अबलम्वन तथा घोषणा गर्ने कार्य भनेको बालबालिकाको सर्वाेत्तम हित , सर्वाङ्गिण बिकास र अर्थपूर्ण सहभागीताको सिद्धान्तमा आधारित सवालहरुलाई स्थानीय तहको निति , योजना, संरचना र कार्य प्रक्रियामा संस्थागत गर्ने शासकीय पद्धति भएकोले यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी पनि वडा सरकारको भएकोले निलकण्ठ नगरपालिकालाई बालमैत्री स्थानीय शासन घोषणाको लागि वडा, वडामा अभियानकै रुपमा संचालन गर्न लागिएको पनि सुवेदीले बताए ।

कार्यक्रममा निलकण्ठ नगरपालिका महिला ,बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख निर्मला केसीले नगरपालिकामा बालमैत्री स्थानीय शासनको ५१ वटा सुचकहरु पुरा गर्दै क्रमागत रुपमा वडा तथा पालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने अभियानमा रहेको बताएकी छिन् ।

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट