चारवर्षपछि सामुहिक बलात्कार मुद्दा फैसला

चारवर्षपछि सामुहिक बलात्कार मुद्दा फैसला

काठमाडौं– चारवर्ष अघि सामुहिक बलात्कार गरेको कसुरमा जिल्ला अदालत धादिङले बुधबार तीन जनालाई सजाय सुनाएको छ । बलात्कार कसुरमा १३ वर्ष र एकजनालाई १४ वर्ष कैद सजायको फैसला गरेको हो ।

Advertisement

१६ वर्षीया बालिकालाई गंगाजमुना गाउँपालिका–३ का २७ वर्षीय राजकुमार तामाङ, ३१ वर्षीय बुद्धिमान तामाङ र १९ वर्षीय सुमित गरुङले ०७६ चैत १ गते सामुहिक बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धादिङमा ०७६ चैत २ गते उजुरी दिएका थिए ।
उजुरी गरेको दिन धादिङ अस्पतालमा पीडितको स्वास्थ्य परिक्षण गरिएसँगै जिल्ला अदालतमा ०७६ चैत २८ गते मुद्दा दर्ता भयो । पछि पीडक पीडितको डिएनए परिक्षण समेत भएको थियो । डिएनए परिक्षण प्रतिवेदन समेतको आधारमा मुद्दाको चारवर्षपछि अन्तिम किनारा लागेको हो ।

जिल्ला न्यायधिस गोपालप्रसाद वास्तोलाको जेठ १६ गतेको ईजलासले जनही १२ वर्ष कैद गर्दै मुद्दा र कसुरदारहरुको अपराधको प्रकृति हेरि कसुरदार मध्ये राजकुमार तामाङलाई थप २ वर्ष र बुद्धिमान तामाङ र सुमित गुरुङलाई थप एकएक वर्षको दरले कैद सजाय गर्ने ठहर गरेको श्रेस्तेदार माधव भण्डारीले जानकारी दिए । कसुरको प्रकृति अनुसार राजकुमार तामाङलाई २० हजार रुपैयाँ जरिवाना गर्ने फैसलामा उल्लेख छ ।

सामुहिक रुपमा भएको घटना र बलात्कार पछिको प्रमाण संकलनको क्रममा डिएनए परिक्षण गर्न नेपाल विधिविज्ञान प्रयोगशालाबाट प्रतिवेदन आउन ढिलाइ भएपछि मुद्दा फैसलामा समेत ढिलाई भएको हो ।

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट