धनगढीको तापक्रम ४४.१ डिग्री सेल्सियस, काठमाडौंको ३३ डिग्री

  • २०८१ जेष्ठ १७, बिहिबार (३ महिना अघि)
  • १९७ पटक पढिएको
धनगढीको तापक्रम ४४.१ डिग्री सेल्सियस, काठमाडौंको ३३ डिग्री

काठमाडौं–धनगढीको अधिकतम तापक्रम ४४ डिग्री सेल्सियस नाघेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार धनगढीको अधिकतम तापक्रम ४४.१ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ३०.२ डिग्री सेल्सियस मापन गरिएको हो ।

Advertisement

 

बुधबार यहाँको अधिकतम तापक्रम ४३.३ डिग्री सेल्सियस पुगेको थियो । गर्मी अत्यधिक बढेपछि यहाँको जनजीवन कष्टकर बनेको छ । केही दिनयता तातो हावा चल्न थालेको छ । गर्मी बढेपछि धनगढी उपमहानगरपालिकाले यही २४ जेठसम्म नगरका सबै विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । लम्की–चुहा नगरपालिकाले बुधबार नै विद्यालयहरूमा पाँच दिन बिदा दिने निर्णय गरेको थियो ।

त्यसैगरी, संघीय राजधानी रहेको काठमाडौंको तापक्रम ३३ डिग्री सेल्सियस पुगेको छ । आज दिपायलमा ३६ दशमलव ६ डिग्री, धनगढीमा ४४.१ डिग्री, साडेपानीमा ४२ दशमलव ५, नेपालगञ्जमा ४१ दशमलव २ र भैरहवामा ३८ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ ।
नेपालमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट