काठमाडौं– अत्यधिक गर्मी भएपछि वीरेन्द्रनगर भित्रका विद्यालय एक साताका लागि बन्द हुने भएका छन् ।
अत्यधिक गर्मी बढेको भन्दै निजी विद्यालयको छाता सङ्गठन प्याब्सनले जेठ २० गते आइतबारदेखि एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
आज वीरेन्द्रनगरको तापक्रम ४० डिग्री सेल्सियस मापन भएको छ । वीरेन्द्रनगरभित्रका सामुदायिक विद्यालय पनि बन्द गर्ने तयारी गरिएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप