गर्मीका कारण भारतमा ३२० जनाभन्दा बढीको मृत्यु

  • २०८१ जेष्ठ १९, शनिबार (५ महिना अघि)
  • १७९ पटक पढिएको
गर्मीका कारण भारतमा ३२० जनाभन्दा बढीको मृत्यु

एजेन्सी– गर्मी र तातो लहरका कारण पछिल्लो चार दिनमा भारतमा ३२० जना भन्दा बढीको मृत्यु भएको छ । पछिल्लो तीन दिनमा उत्तर प्रदेशमा सबैभन्दा बढी १०० जनाको ज्यान गएको हो ।

Advertisement

त्यस्तै बिहारमा पछिल्लो ३ दिनमा गर्मीका कारण ६९ जनाको मृत्यु भएको छ । यूपी–बिहारमा शुक्रबार मात्र कम्तीमा ४० जनाको मृत्यु भएको खबर छ । जसमध्ये २५ जना लोकसभा चुनावी काममा खटिएका कर्मचारी र अधिकारीहरू छन् ।

पछिल्लो ४ दिनमा तातो लहरका कारण राजस्थानमा ६०, झारखण्डमा ३७, ओडिशामा १८, मध्य प्रदेशमा २ र दिल्लीमा एक जनाको मृत्यु भएको छ । झारखण्डमा १ हजार ३ सय २६ जना अस्पतालमा भर्ना भएका छन् । धेरै ठाउँमा हिटस्ट्रोक वार्डमा खाली ठाउँ छैन ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट