काठमाडौं– मनाङ घुम्न गएका एक पर्यटक चार दिनदेखि सम्पर्कविहीन छन् । ललितपुरको नखिपोटका ३१ वर्षीय प्रकाश गोरखाली यही जेठ १६ गते दिउँसोदेखि सम्पर्कविहीन भएका हुन् ।
तिलिचो ताल जाने क्रममा गोरखाली मनाङ ङिस्याङ गाउँपालिका–९ बाइस घुम्तीबाट सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए ।
सँगै रहेका अन्य तीनजनाले उनी सम्पर्कविहीन भएपछि खोजीका लागि प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको टोलीले अहिले गोरखालीको खोजी गरिरहेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप