आजदेखि बजेटमाथि छलफल सुरु हुँदै

  • २०८१ जेष्ठ २०, आईतबार (५ महिना अघि)
  • १५२ पटक पढिएको
आजदेखि बजेटमाथि छलफल सुरु हुँदै

काठमाडौं– सरकारले संघीय संसदको संयुक्त सभामा गएको जेठ १५ गते प्रस्तुत गरेको आउँदो आर्थिक वर्ष २०८१÷०८२ को बजेटमाथि आजदेखि छलफल सुरु हुँदैछ । सभामुख देवराज घिमिरेले छलफलका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाएका छन् । त्यस्तै राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजेका लागि तय भएको छ ।

Advertisement

अर्थमन्त्री वर्षमान पुनले गएको मंगलवार संघीय संसदको संयुक्त बैठकमा बजेट पेस गरेका थिए । लगत्तै प्रतिनिधिसभामा अर्थमन्त्री पुनले विभिन्न राजस्व, कर शुल्क र महसुलको दस्तुर निर्धारणसम्बन्धी व्यवस्था रहेको आर्थिक विधेयक–२०८१ पनि पेस गरेका थिए ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीकाअनुसार बजेटसँगै दुबै सभामा सरकारबाट विनियोजन विधेयक र राष्ट्र ऋण उठाउने विधेयक दर्ता भई छलफल सुरु हुनेछ । आउँदो आर्थिक वर्षको बजेटमाथि प्रतिनिधिसभा र राष्ट्रिय सभामा तीन दिन आज, भोलि र पर्सि छलफल हुनेछ ।

प्रतिनिधिसभामा जेठ २३ अर्थात् आउँदो बुधवार अर्थमन्त्रीले छलफलबाट उठेका विषयमा जवाफ दिनेछन् । त्यसअघि पर्सि जेठ २२ मा अर्थमन्त्रीले राष्ट्रिय सभामा जवाफ दिनेछन् । सरकारले आउँदो आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । साउन १ मा नयाँ आर्थिक वर्षसँगै नयाँ बजेट कार्यान्वयन हुनेछ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट