गृहमन्त्री विरुद्धको मुद्दाको अर्काे सुनुवाइ जेठ २८ गते

  • २०८१ जेष्ठ २०, आईतबार (५ महिना अघि)
  • १६९ पटक पढिएको
गृहमन्त्री विरुद्धको मुद्दाको अर्काे सुनुवाइ जेठ २८ गते

काठमाडौं– सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिटको अर्काे सुनुवाइ जेठ २८ गते हुने भएको छ । यो मुद्दालाई अदालतले गम्भीर रूपमा लिँदै अग्राधिकार प्रदान गर्दै इजलासबाटै सुनुवाइको मिति तोकेको छ ।

Advertisement

आइतबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले लामिछानेविरुद्ध अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा पहिलो सुनुवाइ गर्दै अर्को सुनुवाइको पेशी पनि तोकेको हो ।

सर्वोच्चले अन्तरिम आदेश जारी गर्ने विषयमा दुवै पक्षबिच छलफल हुनुपर्ने र यो विवाद तत्काल निष्कर्षमा पुग्नुपर्ने भन्दै जेठ २८ गतेका लागि पेशी तोकेको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट