गंगाजमुना गाउँपालिका– ७ को वडा स्तरीय बालमैत्री स्थानीय शासन समिति गठन

गंगाजमुना गाउँपालिका– ७ को वडा स्तरीय बालमैत्री स्थानीय शासन समिति गठन

धादिङ– गंगाजमुना गाउँपालिका– ७ ले बालमैत्री स्थानीय शासन अवलम्बन तथा घोषणाा सम्बन्धी वडा स्तरीय अभिमुखिकरण सम्पन्न गरेको छ । अभिमुखिकरण कार्यक्रमकै क्रममा बालमैत्री स्थानीय शासन निर्देशिका २०७८ बमोजिम गंगाजमुना गाउँपालिका–७ को वडाध्यक्ष अध्यक्षता रविन अधिकारीको अध्यक्षतामा १५ सदस्यीय बालमैत्री स्थानीय शासन समिति गठन गरिएको हो ।

Advertisement

अभिमूखिकरण कार्यक्रममा बालमैत्री स्थानीय शासनको अवधारणा, बालबालिकामा लगानी किन गर्ने, बालमैत्री स्थानीय शासन अवलम्वन तथा घोषणा प्रक्रिया, सुचकहरु, सुचक पुरा गर्न गर्नु पर्ने कार्यहरु, वडा स्तरीय संरचना, आगामी कार्ययोजना, बाल भेला, बालबालिकाको लगानी योजनाको बारेमा अभिमुखिकरण गरिएको थियो । कार्यक्रममा बालबालिकाको सर्वाेत्तम हित, सर्वाङ्गिण विकास र अर्थपूर्ण सहभागीताको सिद्धान्तमा आधारित सवालहरुलाई स्थानीय तहको निति, योजना, संरचना र कार्य प्रक्रियामा संस्थागत गर्ने शासकीय पद्धति भएकोले यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी पनि वडा सरकारले लिनु पर्ने विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा गंगाजमुना गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख प्रतिमा भट्टले गाउँपालिकामा बालमैत्री स्थानीय शासनको ५१ वटा सुचकहरु पुरा गर्दै क्रमागत रुपमा वडा तथा पालिकालाई बालमैत्री गाउँपालिका घोषणा गर्ने अभियानमा रहेको बताइन् ।

 

बालमैत्री स्थानीय शासनको अवधारणा कार्यान्वयन रणनीति सम्बन्धि ज्ञान, सीप तथा क्षमता अभिबृद्धिको मार्फत घर परिवार, टोल बस्ती, वडा हुँदै पालिकालाई नै बालमैत्री बनाउन अभियानलाई सार्थकता दिने उद्धेश्य पूरा गर्न वडा तहका सम्बन्धित सरोकारवालाहरुको लागि अभिमुखिकरण गरिएको हो । अभिमुखिकरण कार्यक्रममा बालमैत्री स्थानीय शासन अवधारणा, बालमैत्री गाउँपालिकाको लागि बालबालिका सम्बन्धि कार्यान्वयन निर्देशिका २०७८ अनुसारको कार्यान्वयनका तहगत खुड्किलाहरु, बालमैत्री स्थानीय शासनको ५१ वटा सुचकहरु, विद्यालय तथा समुदाय तहमा बाल समूह गठन, पुर्नगठन तथा समुदाय परिचालन, बालबालिकामा लगानी योजना लगायत विषयमा गैरसरकारी संस्था महासंघ बागमती प्रदेशका निवर्तमान अध्यक्ष तथा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजिकरण गरेका थिए ।

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट