काठमाडौं– हाइटेन्सनको लाइन बनाउने क्रममा एक जना युवकको मृत्यु भएको छ । नवलपरासीको नरेनापुर गाउँपालिका–४ घर भएका २४ वर्षीय कुलदिप गुरुङको आइतबार दिउँसो मृत्यु भएको हो ।
रोयल कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौंमा कार्यरत गुरुङलाई कावासोती नगरपालिका–१६ चालिस किलो जंगलमा हाइटेन्सनको लाइन बनाउने क्रममा करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको मध्यबिन्दु जिल्ला अस्पताल डन्डामा उपचारको क्रममा मृत्यु भएको हो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप