काठमाडौं– भक्तपुरमा १६ महिने शिशुको लडेर मृत्यु भएको छ ।
सोमबार बिहान अन्दाजी ११ बजे भक्तपुर नगरपालिका– १० कमलविनायक स्थित घरमा लडेर रामेछाप–३ की सरू खड्काका १६ महिने शिशुको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीले जानकारी दिए ।
खाटमाथि खेलिरहेका शिशु अचानक भुइँमा लड्दा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा दिउँसो १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप