काठमाडौं– नवलपरासीको मध्यविन्दु नगरपालिका– १२ मा हुरीले ढालेको रुखले टाउकोमा लाग्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ६९ वर्षीय चित्रबहादुर थापा छन् ।
थापा स्थानीय ठूलोपोखरा सामुदायिक वनमा बाख्रा चराउन गएको बेला चलेको हुरीले रुख ढाल्दा टाउकोमा बज्रन पुगेको थियो । जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडलका अनुसार आज बिहान हुरीले ढालेको रुख बज्रदा थापाको मृत्यु भएको हो ।
वनमा गएका सुरक्षाकर्मीले उनलाई मृतावस्थामा फेला पारेका हुन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप