काठमाडौं– सङ्खुवासभाको चैनपुर नगरपालिका–११ सभाखोलास्थित सडकबाट बारुद १ सय ग्राम, डेटोनेटर २ थान, निओजेल २ सय ग्राम र खुर्पासहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा खाँदबारी नगरपालिका–९ तुम्लिङटार बस्ने २७ वर्षीय वसन्त कुमाल र २७ वर्षीय विकास कुमाल रहेका छन् ।
अस्थायी प्रहरी पोस्ट सभा खोलाबाट खटिएको प्रहरीले को.१७ प ११८९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त विस्फोटक पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप