लोकसभा चुनावः भाजपा एक्लैको बहुमत पुग्ने सम्भावना कम

  • २०८१ जेष्ठ २२, मंगलबार (५ महिना अघि)
  • २०१ पटक पढिएको
लोकसभा चुनावः भाजपा एक्लैको बहुमत पुग्ने सम्भावना कम

काठमाडौं– भारतमा जारी लोकसभाको मतगणनाले भारतीय जनता पार्टी (भाजपा) एक्लैले बहुमत नल्याउने सम्भावना बढेको छ ।

Advertisement

यो चुनावमा भाजपाले चार सय सिटभन्दा धेरै ल्याएर संविधान संशोधनको समेत एजेन्डा अघि सारेको थियो । तर आज भइरहेको मतगणनाअनुसार भाजपा एक्लैले दुई सय ३३ सिटमा अग्रता लिएको छ । भाजपा नेतृत्वको ’नेशनल डेम्रोक्र्याटिक अलाइन्स’ (एनडीए) ले भने दुई सय सय ९१ सिटमा अग्रता लिइरहेको छ ।

यस्तै भारतीय कांग्रेस एक्लै ९७ सिटमा अघि रहेको छ । कांग्रेस नेतृत्वको इन्डिया गठबन्धनले दुई सय ३५ सिटमा अग्रता लिएको छ । पाँच सय ४२ सिटका लागि भएको चुनावमा बहुमत हासिल गर्न दुई सय ७२ सिट आवश्यकता पर्छ । भारतीय निर्वाचन आयोगका अनुसार पाँच सय ४३ लोकसभा सिटमध्ये गुजरातको सूरत लोकसभा सिटबाट भाजपाका मुकेश दलाल यसअघि नै निर्वाचित भइसकेका छन् ।

मतगणनामा देखिएको अग्रताअनुसार भाजपा एक्लैले बहुमत ल्याउन नसक्ने देखिएको छ । यदि भाजपासँगै गठबन्धन गरेका एनडीएका साना दलले साथ छाडेमा कांग्रेस नेतृत्वको इन्डिया गठबन्धनको सरकार बन्न सक्ने आकलन पनि सुरु भएको छ ।

गएको अप्रिल १९ तारिखदेखि शुरु भएको मतदान सात वटा चरणमा गरी गएको शनिवार सकिएको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट