काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बुटवलले कपिलवस्तुको चन्द्रौटास्थित नापी कार्यालयका सर्वेक्षक बेचन प्रसाद गुप्तालाई पक्राउ गरेको हो ।
अख्तियारको टोलीले घुससहित उनलाई रंगेहात नियन्त्रणमा लिएको हो । कित्ताकाटमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको अख्तियार कार्यालय बुटवलका प्रमुख राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
अख्तियारले घुस रकमसहित अन्य विवरण भने खुलाइसकेको छैन ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप