काठमाडौं– बेल गर्मीयामको सुपर फुड मानिन्छ । बेलको फल, पत्ती, बोक्रा सबै उपयोगी हुन्छन् ।
स्थानीय स्वादअनुसार कहीं अचार, कहीं सर्बत त कहीं दहीका साथ यसलाई खाइन्छ, पिइन्छ । बेलमा भिटामिन्स, फाइबर, पोटासियम, क्याल्सियम, आइरन, सोडियम र धेरै प्रकारका पोषकतत्त्व पाइन्छ । तिनै पोषकतत्त्वका कारण बेल पाचन प्रणाली, इम्युनिटी मात्र होइन, फोक्सो र छालाका लागि समेत बहुउपयोगी फल हो ।
बेल मार्च महिनादेखि पाक्न थाल्छ र जुलाई अन्तिमसम्म बजारमा सहजै उपलब्ध हुन्छ । दिल्लीकी सिनियर डाइटिसियन तथा ‘वान डाइट टुडे’की संस्थापक डा. अनु अग्रवालका अनुसार बेल गर्मीका लागि मात्र लाभदायक फल हो । गर्मीयामबाहेकमा यसको सेवन त्यति उचित हुँदैन । कारण– गर्मीको फल भएकाले अन्य मौसममा यसलाई स्टोर गरिएको हुन्छ । र, रसायन हालेर पकाइएको हुन्छ ।
गर्मीयाममा हुने थकान टाढा राख्न बेलको सेवन उपयोगी हुन्छ । गर्मीमा थर्मोडाइनेमिक्स व्यवस्थापन गर्न हाम्रो शरीरका अंगहरू निरन्तर मिहिनेत गरिरहेका हुन्छन् । त्यस्तोमा बेलको सेवनले राहत दिन्छ ।
पाचन प्रणालीका लागि त यो अमृत समान नै हुन्छ । पेचिस, इरिटेबल बोउल सिन्ड्रोमजस्ता डाइजेस्टिभ डिसअर्डरको उपचारका लागि बेल उपयोगी हुन्छ । यसमा पाइने एन्टी स्पास्मोडिक गुणले ग्यास्ट्रो इन्टेस्टाइनल ट्र्याक्टलाई राहत दिन्छ । र, अपच हुनबाट बचाउँछ । सोही गुणका कारण यो कब्जियतको समस्या भएकाहरूका लागि पनि लाभकारी हुन्छ ।
बेलमा ७० प्रतिशतभन्दा बढी मोइस्चर हुन्छ । त्यसले छालालाई हाइड्रेटेड राख्न मद्दत गर्छ । त्यसबाट छालाको इलास्टिसिटी कायम राख्न मद्दत मिल्छ । बेलमा एन्टी–इन्फ्लेमेटरी गुण पनि हुन्छ । त्यसले पनि छालाको स्वास्थ्यमा राहत दिलाउँछ । एक्जिमा, डर्मेटाइटिसजस्ता समस्यामा पनि यो लाभदायी हुन्छ ।
बेलको सेवनबाट ब्रोक्यिल मसल्सलाई आराम मिल्ने भएकाले श्वासप्रश्वासका लागि पनि उपयोगी हुन्छ । यस्तै, युट्रिन स्टिमुलेन्ट गुणका कारण महिलाको गर्भाशयका मांशपेशीलाई पनि राहत दिन्छ । र, अनियमित महिनावारीको समस्या भएका महिलाका लागि बेल उपयोगी फल हो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप