डेनमार्ककी प्रधानमन्त्रीमाथि राजधानीको सडकमा हातपात

  • २०८१ जेष्ठ २६, शनिबार (५ महिना अघि)
  • १८६ पटक पढिएको
डेनमार्ककी प्रधानमन्त्रीमाथि राजधानीको सडकमा हातपात

एजेन्सी– डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिकसनमाथि राजधानी कोपेनहेगनको सडकमा आक्रमण भएको छ । आक्रमणबाट आफू स्तब्ध भएको उनले बताएकी छन् ।

Advertisement

प्रधानमन्त्री कार्यालयका अनुसार सहरको मध्य भागमा रहेको एउटा चोकमा एक व्यक्तिले प्रधानमन्त्रीमाथि हातपात गरेका हुन् ।

डेनमार्कको प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘शुक्रबार, कोपेनहेगनको कुल्टोरवेटमा प्रधानमन्त्री मेटे फ्रेडरिकसनलाई एक व्यक्तिले आक्रमण गरेको थियो। आक्रमणकारी पक्राउ परेका छन् । यो घटनाबाट प्रधानमन्त्री स्तब्ध भएकी छन् ।’
आक्रमणकारीमाथि सोधपुछ भइरहेको तर आक्रमणको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

युरोपेली आयुक्त उर्सुला भोन डर लेयनले यसलाई ’घृणित कार्य’ भनेकी छन् । यो युरोपका जनताले विश्वास गर्ने र लड्ने सबै कुराको विरुद्धमा जाने उनको भनाइ छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट