सर्पले डसेर एक बालकको मृत्यु

  • २०८१ जेष्ठ २७, आईतबार (५ महिना अघि)
  • १२९ पटक पढिएको
सर्पले डसेर एक बालकको मृत्यु

काठमाडौं– कैलालीमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ । बर्दगोरिया गाउँपालिका–३ का रानीकुण्डा बस्ने १० वर्षीया दिपेश साउँदको मृत्यु भएको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्र बोहराका अनुसार दिपेशलाई २५ गते राति घरमा सुतिरहेको अवस्थामा सर्पले टोकेको थियो । तर असर ढिला गरेर देखिएपछि समयमै उपचार नभएको उनले बताए ।

२६ गते राति ३ बजेमात्रै सर्पको टोकाईको असर बालकमा देखा पर्न थाल्यो । परिवारले उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा उपचारका लागि पु¥याएका थिए ।

शनिबार बिहान ६ बजे उपचारकै क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट