काठमाडौं – प्रतिनिधि सभाको आज र भोलिको बैठक स्थगित भएको छ । दलका प्रमुख सचेतकले बजेट पुस्तिका अध्ययनका लागि समय मागेपछि आज र भोलिको बैठक सूचना टाँसेर स्थगित गरेको संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधि सभामा आजदेखि मन्त्रालयगत बजेटमाथि छलफल गर्ने तयारी थियो । बैठकअघि सभामुख देवराज घिमिरले बोलाएको बैठकमा दलका प्रमुख सचेतकले बजेट पुस्तिका अध्ययनका लागि समय मागेका हुन् । त्यसपछि आज र भोलिको प्रतिनिधि सभाको बैठक स्थगित गर्ने सहमति भएको सभामुखको सचिवालयले जनाएको छ ।
प्रतिनिधि सभाको अर्को बैठक आउँदो मंगलवार बिहान ११ बजे बस्नेछ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप