काठमाडौं– नेकपा एमाले त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्षमा बाबुकृष्ण श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।
३९ सदस्यीय पालिका कमिटीको उपाध्यक्षमा कमल थापा, सचिवमा राजुराना, उपसचिवमा संगिता कुमाल, शिशिर दनै सर्वैसम्मत रुपमा निर्वाचित भएका छन् ।
नेकपा एमाले केन्द्रीय सदस्य तथा धादिङ इन्चार्ज धर्मदत्त देवकोटाले अधिवेशनको उद्घाटन गर्दै नेकपा एमाले मिसन ८४ का लागि लागि परेको बताए ।
एमालेले धादिङका १३ पालिकाको अधिवेशन सम्पन्न गरिसकेकोले मिसन ८४ मा एमाले अब्बल बनेर जनताको लागि काम गर्ने उनले बताए ।
नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले जनताको बहुदलिय जनवादलाई व्यवहारिक रुपमा लागुगर्दै जनताको पक्षमा एमालेले जति काम कसैले पनि नगर्ने ठोकुवा गरे ।
धादिङका १ सय ४ वडा मध्ये ५६ वडाको अधिवेशन सम्पन्न भइसकेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप