रि स्वास्थ्य चौकीको सामाजिक परीक्षण सम्पन्न

  • नेपाल पथ
  • २०८१ जेष्ठ २८, सोमबार (३ महिना अघि)
  • ४०५ पटक पढिएको
रि स्वास्थ्य चौकीको सामाजिक परीक्षण सम्पन्न

धादिङ– धादिङको गंगाजमुना गाउँपालिका–२ सल्लेरीमा रहेको रि स्वास्थ्य चौकीको आर्थिक वर्ष २०८०÷०८१ को सामाजिक परीक्षण सम्पन्न भएको छ ।

Advertisement

स्वास्थ्य चौकीले गत आर्थिक वर्ष २०७९÷०८० र ०८०÷०८१ मा प्रवाह गरेका सेवा प्रवाह, आर्थिक हिसाव किताव, औषधि वितरणको अवस्था तथा स्वास्थ्य चौकीले प्रदान गर्दै आएको सेवाप्रति उठेका गुनासो तथा सुझावहरु उक्त सामाजिक परीक्षण कार्यक्रममा प्रस्तुत गरिएको हो ।

गंगाजमुना गाउँपालिकाको आयोजना र टुगेदर कन्सल्टिङको सहजीकरणमा सामाजिक परीक्षण गरिएको हो । सामाजिक परीक्षणमा स्थानीयहरुले सेवा विस्तार तथा थप प्रभावकारी बनाउनु पर्ने माग राखेका छन् । एक्सरे सेवा लगायत विशेषज्ञसहितको सेवा विस्तार, सामान्य अपरेशन चिरफार सेवा, एम्बुलेन्स सेवा, विरामी भर्ना गरेर उपचार गर्ने, निशुल्क पाइने औषधिको सहज पहुँच, स्वास्थ्यचौकी आसपास सरसफाइ राख्नुपर्ने लगायतका माग राखेका छन् ।

कार्यक्रममा उठेका सवालहरुको सम्बोधन गर्दै रि स्वास्थ्य चौकीका इन्चार्ज अरुङ तामाङले स्थानीयले उठाएका सवालहरुको सम्बोधन गर्न पहल गरिने बताए । ‘उठेका सवालप्रति स्वास्थ्य चौकी गम्भिर छ । भौतिक संरचना अभावका कारण थुप्रै समस्या झेलिरहेका छौं । निकट भविष्यमै स्वास्थ्य चौकीले लिएको २ रोपनी जग्गामा भवन बनाएर सेवा विस्तार गर्ने योजना छ’ उनले भने– ‘स्थानीयलाई स्वास्थ्य सेवा दिनु हाम्रो दायित्व हो ।

वडा र पालिका लगायत अन्य निकायसँग समन्वय गरेर यहाँका नागरिकलाई स्वास्थ्य सेवा दिनका लागि परेका छौं । २४ सै घण्टा सेवा दिइ रहेका छौं । थप परिस्कृत बनाउने योजनामा छौं’ ।

गंगाजमुना गाउँपालिका–२ सल्लेरीमा रहेको रि स्वास्थ्य चौकीको सामाजिक परीक्षणको सहजीकरण पत्रकार अर्जुन श्रेष्ठले गरेका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
८%२%

खोजी गर्नुहोस

ताजा अपडेट