बुढाथुम स्वास्थ्य चौकीको सामाजिक परीक्षण सम्पन्न

  • २०८१ जेष्ठ २८, सोमबार (५ महिना अघि)
  • २६२ पटक पढिएको
बुढाथुम स्वास्थ्य चौकीको सामाजिक परीक्षण सम्पन्न

धादिङ– धादिङको गंगाजमुना गाउँपालिका–७ मा रहेको बुढाथुम स्वास्थ्य चौकीको सामाजिक परीक्षण सम्पन्न भएको छ ।

Advertisement

स्वास्थ्य चौकीले गत आर्थिक वर्ष २०७९÷०८० र ०८०÷०८१ मा प्रवाह गरेका सेवा, आर्थिक पक्ष, औषधि वितरणको अवस्था तथा स्वास्थ्य चौकीले प्रदान गर्दै आएको सेवाप्रति नागरिकले दिएका सुझावहरु र गुनासो सामाजिक परीक्षण कार्यक्रममा प्रस्तुत गरिएको हो ।

गंगाजमुना गाउँपालिकाको आयोजना र टुगेदर कन्सल्टिङको सहजीकरणमा सामाजिक परीक्षण गरिएको हो । सामाजिक परीक्षणमा स्थानीयहरुले स्वास्थ्य चौकीमा थप सेवा विस्तारसँगै स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउन सुझाव दिएका छन् ।

कार्यक्रममा उठेका सवालहरुको सम्बोधन गर्दै स्वास्थ्य चौकीका इन्चार्ज चाँदनी थापाले नागरिकले दिएको सुझावलाई मध्यनजर राख्दै आगामी दिनमा स्वास्थ्य सेवालाई सरल र सहज बनाउन पालिका र स्थानीय निकायहरुसँग समन्वय गरेर अगाडि बढ्ने बताइन् ।

उक्त स्वास्थ्य चौकीको सामाजिक परीक्षणको सहजीकरण सालिकराम दुवाडीले गरेका थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट