काठमाडौं– वैदेशिक रोजगारीको प्रलोभन देखाएर ३०० जनाभन्दा बढीलाई ठगी गर्ने कार्यमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी गर्ने कार्यमा संलग्न तीन जनालाई आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा चितवनका राजकुमार भट्ट, कास्कीका पवन पन्त र नविन बिक छन् ।
पक्राउ परेकाहरुले विगत ३÷४ वर्षयता ३०० जनाभन्दा बढी मानिसबाट ५ देखि १० लाखका दरले १५ करोड भन्दा बढी ठगी गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप